पिता रोनाल्डोलाई पछ्याउदै छोरा जुनियर रोनाल्डो, स्कुलको प्रतियोगितामा गरे धेरै गोल  

खरीबोट

काठमाडौं ।  फुटबलर क्रिस्टियानो रोनाल्डोको फुटबलमा सफलता त हरेक दिन जस्तो देखिएको छ ।

यसैबीच उनका छोरा जुनियर रोनाल्डोले पनि फुटबलमा सफलता पाउन सुरु गरेका छन् ।

जुनियर रोनाल्डोले स्कुलको फुटबल प्रतियोगितामा धेरै गोल गरेबापत सुन्दर ट्रफी पाएका छन् । पिता रोनाल्डोले आफ्नो सामाजिक संजालमा जुनियर रोनाल्डोको ट्रफी सहितको तस्वीर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

छोराले धेरै गोल गरेको खुशी रोनाल्डोले सामाजिक संजालमा आफ्ना फ्यानहरुलाई सेयर गरेका छन् । 

पिता रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको ६५० गोल गरेका छन् । 

क्लब र आफ्नो देशका लागि गरि कुल ६५० गोल गरेका हुन् । रोनाल्डोले गएराती स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडविरुद्ध गोल गर्दै आफ्नो ६५०औ गोल पुरा गरेका हुन् । 

रोनाल्डोले रियल म्याड्रिडमा सबै प्रतियोगितामा ४३१ खेल खेल्दै ४४६ गोल गरेका छन् । त्यस्तै उनले यसअघिको क्लब म्यानचेस्टर युनाइटेडमा सबै प्रतियोगितामा कुल २९२ खेल खेल्दै ११८ गोल गरेका छन् । पोर्चुगलको क्लब स्पोर्टिंगका लागि ३३ खेल खेल्दै ५ गोल गरेका छन् । यसरी रोनाल्डोले क्लब स्तरीय खेलमा अहिलेसम्म कुल ७५६ खेल खेल्दै ५६९ गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १४९ खेल खेल्दै ८१ गोल गरेका छन् जुन पोर्चुगलका लागि अहिलेसम्म धेरै गोल हो ।

यसरी रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल क्यरिअरमा अहिलेसम्म ९०५ खेल खेल्दै कुल ६५० गोल गरेका छन् ।

रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडका लागि ४० गोल गरेका छन् भने ला लिगामा २३ गोल गरेका छन् । त्यस्तै पछिल्लो १३ खेलमा रोनाल्डोले २४ गोल गरेका छन् ।   
 

सम्बन्धित समाचार

बिल्बाओसँग रियल म्याड्रिड बराबरीमा रोकियो, रोनाल्डोले गोल गर्दै हारबाट जोगाए 

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।  गएराती एथलेटिक बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिड हारबाट जोगिएको हो ।  रियल म्याड्रिडका लागि खेलको ८७औ मिनेटमा

रोनाल्डो र बेल बिना रियल म्याड्रिडको जित, तेस्रो स्थानमा उक्लियो 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले मालागालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  जितसँगै रियल लिगको शीर्ष तीन स्थानमा उक्लिएको

पिता रोनाल्डोलाई पछ्याउदै छोरा जुनियर रोनाल्डो, स्कुलको प्रतियोगितामा गरे धेरै गोल  

काठमाडौं ।  फुटबलर क्रिस्टियानो रोनाल्डोको फुटबलमा सफलता त हरेक दिन जस्तो देखिएको छ । यसैबीच उनका छोरा जुनियर रोनाल्डोले पनि फुटबलमा सफलता पाउन सुरु गरेका छन् । जुनियर रोनाल्डोले स्कुलको फुटबल प्रतियोगितामा

च्याम्पियन्स लिगमा रोनाल्डोले मेसीको यस्तो रेकर्ड तोडे

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेसीको एउटा रेकर्ड तोडेका छन् ।  विहिबार राति युभेन्टसलाई खेलको अन्तिम मीनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका रोनाल्डोले मेसीको च्याम्पियन्स लिगमा कुनै एक