• २०८१ बैशाख ८ शनिबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

kharibot

विराटनगर ।  मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार सुन्दरहरैचा–८ बस्ने अनिस भट्टराईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै