• २०८१ बैशाख ६ बिहीबार

विजयी लयमा फर्कियो म्यानचेस्टर सिटी, टोटनह्यामलाई पराजित गर्दै उपाधि नजिक 

kharibot

काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ ।

गएराती भएको खेलमा टोटनह्यामलाई ३-१ गोल अन्तरले पराजति गर्दै सिटी विजयी लयमा फर्किएको हो ।

यस अघि च्याम्पियन्स लिगका दुवै लिगमा लिभरपुलसँग पराजित भएको सिटी गत साताको म्यानचेस्टर डर्वीमा युनाइटेडसँग ३-२ ले पराजित भएको थियो ।

जितसँगै अब सिटी प्रिमियर लिगको उपाधिका लागि सिटीले अब कम्तिमा एक खेल अझै जित्नु पर्ने देखिएको छ । आज हुने म्यानचेस्टर युनाइटेड र वेस्ट बोर्मबीचको खेलमा युनाइटेड पराजित भएमा पनि सिटीले उपाधि जित्ने छ ।

सिटीको जितमा गर्बियल जिसस, गण्डोगन र रहिम स्टर्लीङले गोल गरेका थिए । टोटनह्यामका लागि एक गोल क्रिस इरिक्सनले गरेका थिए ।

जितपछि सिटी ३३ खेलमा ८७ अंक सहित शिर्ष स्थानाम रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेड भन्दा १६ अंकले अगाडी रहेको छ । त्यस्तै टोटनह्याम भने ३३ खेलमा ६७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै