भालेन्सियाविरुद्ध बार्सिलोनाको सहज जित, ३९ खेलमा अपराजित हुदै राख्यो नयाँ रेकर्ड 

खरीबोट

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भालेन्सियाविरुद्ध २-१ को जित निकालेको छ । 

शनिबार भएको खेलमा बार्सिलोनाले लुइस स्वरेज र स्यामुल उमटिटिको गोलमा जित हासिल गरेको हो ।भालेन्सियाका लागि डानी परेजोले गोल गरेका थिए । लुइस स्वरेजले यस खेलमा गोल गर्दै भालेन्सियाविरुद्ध १० गोल गरेका छन् ।

खेलको १५औ मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने उमटिटिले खेलको ५१औ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका दुवै गोल फिलिप कोनटिन्होले असिस्ट गरेका थिए । 

जित पछि बार्सिलोनाको ३२ खेलमा ८२ अंक भएको छ । बार्सिलोनाले यो जितसँगै दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग १४ अंकको अग्रता हासिल गरेको छ । भालेन्सिया भने ३२ खेलमा ६५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।   

बार्सिलोनाले ला लिगामा ३९ खेलमा अपराजित भएको नयाँ रेकर्ड पनि राखेको छ । यस अघि रियल सोसिडाडको ३८ खेलमा अपराजित रहेको रेकर्डलाई तोडेको छ । रियल सोसिडाडले सन १९७८ देखि १९८० को बीचमा ला लिगाका ३८ खेलमा अपराजित हुदै यो रेकर्ड राखेको थियो । रियल सोसिडाडको लगभग ४० बर्षदेखिको यो रेकर्ड बार्सिलोनाले तोडेको छ ।
 

सम्बन्धित समाचार

सोसियडाडसँग एथलेटिको पराजित, उपाधिका लागि बार्सिलोना एक जित टाढा 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथलेटिको म्याड्रिड पराजित भएको छ ।   गएराती भएको रियल सोसियडाडसँगको खेलमा एथलेटिको ३-० गोल अन्तरले पराजित भएको हो ।   एथलेटिकोको पराजयको फाइदा लिगको शिर्ष

बिल्बाओसँग रियल म्याड्रिड बराबरीमा रोकियो, रोनाल्डोले गोल गर्दै हारबाट जोगाए 

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।  गएराती एथलेटिक बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिड हारबाट जोगिएको हो ।  रियल म्याड्रिडका लागि खेलको ८७औ मिनेटमा

ला लिगामा बार्सिलोनाको नयाँ रेकर्ड 

काठमाडौँ । स्पेनिस ला लिगाको इतिहासमा बार्सिलोनाले नयाँ रेकर्ड बनाएको छ ।  गएराती ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेलेको बार्सिलोनाले यस सिजनमा खेलेका ३३ खेलमा अपराजित हुदै

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, लिगमा १२ अंकको अग्रता 

काठमाडौँ । स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।  बार्सिलोना गएराती भएको सेल्टा भिगोसँगको खेलमा २-२ गोलको बराबरीमा रोकिएको हो ।  बार्सिलोनाका लागि ओसमान डेम्बेले र पाको अल्कासेरले