विद्यार्थी भर्ना अभियान सुरु, प्राथमिक तहमा अभियान केन्द्रित

खरीबोट

काठमाडौँ ।  सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । 

उनले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थीलाई भर्ना गरेको बताए । 

‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यसवर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको छ । उनले आजदेखि भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने बताए । 

सहसचिव अर्यालले प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको बताए । “अहिले हामी साना बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियानमा केन्द्रित भएका छौँ”, उनले भने “ती बालबालिकालाई भर्ना गरेपछि विद्यालय छाड्नेलाई भर्ना अभियान सञ्चालन गर्ने छौँ ।” 

विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि नौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । 

प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा तीन लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । उहाँका अनुसार दुई हप्तासम्म विद्यालयमा भर्ना अभियान र त्यसपछि छिटफुट रुपमा रहेकालाई वैशाख मसान्तसम्म भर्ना अभियान सञ्चालन हुनेछ । सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गरेको थियो । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल बालिकाको अभिभावक बने 

नुवाकोट ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराएका छन् ।  राईगाउँका सुमन र सुस्मिताको छोरी स्वस्तिकालाई

विद्यार्थी भर्ना अभियान : प्रधानमन्त्री ओली मण्डल र मल्लिकको अभिभावक बने 

सिरहा । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।  सिराहाको रामदुलारी मावि कल्याणपुर नपा

विद्यार्थी भर्ना अभियान सुरु, प्राथमिक तहमा अभियान केन्द्रित

काठमाडौँ ।  सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव

पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

काठमाडौँ ।  विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ ।  विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र