आइपिएलमा दिल्ली डेयरडेभिल्सको पहिलो जित, जसन रोयले बनाए ९१ रन

खरीबोट
ad

काठमाडौँ । आइपिएलअन्तर्गत दिल्ली डेयरडेभिल्सले पहिलो जित हासिल गरेको छ । 

लगातार दुई खेलमा हार बेहोरेको दिल्लीले शनिबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । 

१९५ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि जसन रोयले सर्वाधिक ९१ रन नटआउट बनाएका थिए । उनले ५३ बलमा ६ छक्का र ६ चौकाको मद्धतले ९१ रनको पारी खेलेका थिए । त्यस्तै दिल्लीका लागि रिशव पन्तले ४७ रन बनाएका थिए । श्रेयस अयरले २७ र कप्तान गौतम गम्भीरले १५ रनको योगदान दिएका थिए ।

मुम्बईका बलर क्रुनाल पाण्डेयले २ र मुस्ताफिजुर रहमानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउदै १९४ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५३ रन बनाएका थिए भने एभिन लुइसले ४८ रन बनाएका थिए । त्यस्तै इशान किसनले ४४ र कप्तान रोहित शर्माले १८ रन बनाएका थिए ।

दिल्लीका जसन रोय खेलको म्यान अफ द म्याच बनेका छन् ।
     
 

सम्बन्धित समाचार

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि

सलमानका भाई अरबाज खान आइपिएल सट्टा प्रकरणमा, प्रहरीले बयानका लागि बोलायो

मुम्बई । आइपिएलमा सट्टा लगाएको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानलाई प्रहरीले बयानका लागि पत्र काटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा

आइपिएल सकियो, कुन कुन खेलाडीले बनाए कस्ता कस्ता रेकर्ड ?

काठमाडौँ । आइपिएलको एघारौ सिजन पनि सकिएको छ । चेन्नई सुपरकिंग्सले आइपिएलमा २ बर्षको प्रतिबन्धपछि उत्कृष्ट कमब्याक गर्दै गएराती सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको

आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जित्यो 

काठमाडौँ । यस सिजनको आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको हो ।  चेन्नईले यसआघ इसान