• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनद्वारा आलोचना

kharibot

बेइजिङ  ।  अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ । 

चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो । 

सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सवै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै