अमेरिकाले सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गर्यो : रुस

खरीबोट

मस्को ।  अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । 

फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । 

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए । 

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे । फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ । 

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका छन्  । 

सम्बन्धित समाचार

सिरिया :  अ डेष्ट्रोयड नेसन !

केही दिनअघि सरकारी सेनाले गरेको भनिएको केमिकल आक्रमण भएको डाउमा सहरमा भग्नावशेषमा परिवर्तन भएको भवननजिकै उभिएका मानिसहरु । यो सहर राजधानी दमास्कस नजिकै पर्छ । सिरियाली सेनाले डाउमा सहर आफ्नो

सिरियाको डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

अंकारा ।  संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने

सिरियामा नौ जना टर्कीस् सैनिक मारिए

अङ्कारा ।  उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।  उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको

सिरिया अपडेट : अमेरिकाले भन्यो मिसन सफल भयो, रासायनिक हतियारको प्रयोग भए फेरी आक्रमण गरिने 

वासिङटन ।  अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियामा आफुहरुलाई