• २०८१ बैशाख ६ बिहीबार

फिल्म ‘पुरानो डुंगा’ युट्युबमा रिलिज, हेर्नुस् पुरा फिल्म

kharibot

काठमाडौं । कबड्डी’ समूहको तेस्रो फिल्म ‘पुरानो डुंगा’युट्युबमा रिलिज गरिएको छ । 

रामबाबु गुरुङद्वारा निर्देशित ‘पुरानो पोखराको बेगनास तालवरपरका दुई भाइबीचको सम्बन्धलाई कथा बनाएको छ । दाइको भूमिकामा पोखरेली रंगकर्मी तथा गुरुङ फिल्मका स्थापित नाम माओत्से गुरुङले अभिनय गरेका छन् भने दयाहाङ भाइ बनेका छन् ।

फिल्ममा माओत्सेको नै मुख्य लगानी रहेको छ । रौनकविक्रम कँडेल, ओमचन्द रौनियार, घनबहादुर गुरुङ र माओत्सेले स्मयुक्त रुपमा निर्माण गरेका हुन् ।

कबड्डी’का दुई शृंखलाझैं ‘पुरानो डुंगा’ पनि निर्देशक रामबाबुले कवि उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । शैलेन्द्र डि कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ, पुष्कर गुरुङ, मणिराम पोखरेललगायतले पनि अभिनय गरेका छन् ।

पुरा फिल्म : 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै