• २०८१ बैशाख १४ शुक्रबार

सिरिया अपडेट : अहिलेसम्म ११० मिसाइल छोडेकोमा धेरैजसो असफल बनाएको सिरियाको दाबी  

kharibot

काठमाडौँ । सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण सुरु गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा आक्रमण गर्ने घोषणा अग्रे लगत्तै सिरियाको राजधानी दमास्कससहितका वरपरका शाह मा आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । 

अमेरिकाको आक्रमणको प्रमुख लक्ष्य सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरु रहेको देखिएको छ । 

सिरियाको डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा अमेरिकाले हमला गरेको बताइएको छ । 

आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकोले त्यसको क्षति र अन्य विवरणहरु भने प्राप्त भइसकेको छैन । तर दमास्कास वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठुलो मात्रामा क्षति भएको अनुमान गरिएको छ । 

यसैबीच सिरियाको प्रहरीले अमेरिकाले कुल ११० मिसाइल आक्रमण गरेको र अधिकांशलाई असफल बनाएको दाबी गरेको छ । केहि मिसाइल भने आफ्नो अनुसन्धान केन्द्र बर्जिहमा खसेको सिरियाको प्रहरीले स्वीकार गरेको छ ।

एक विज्ञप्ति जारि गर्दै अमेरिकाको सिरी मा आक्रमण गर्ने घोषणाले सिरियाली सरकार र सुरक्षा निकाय कत्तिपनि नहडबडाएको उल्लेख गरेको छ ।

यसैबीच सिरियाका राष्ट्रपति बशहद अल असदले आफु आफ्नो कार्यालय जादै गरेको छोटो भिडियो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । अमेरिकाले आक्रमणको घोषणा गरेपछि उनले सो भिडियो सार्वजनिक गरेका हुन् । 

फ्रान्सको रक्षा मन्त्रालयले पनि सिरियामा मिसाइल आक्रमण सुरु गरेको एक भिडियो सार्वजनिक गरेको छ । फ्रान्सले सिरीयामा रहेका रसायनिक हतियार उत्पादन गर्ने केन्द्रलाई निशाना बनाएर आक्रमण सुरु गरिएको उल्लेख गरेको छ ।  

पुटिनको पहिलो प्रतिक्रिया :

रसियन राष्ट्रपति भाल्दिमिर पुटिनले अमेरिकाले सिरियामा गरेको आक्रमणलाई निन्दा गरेका छन् । एक विज्ञप्ति निकाल्दै पुटिनले मिसाइल आक्रमण एउटा स्वतन्त्र राष्ट्र माथि भएको आक्रमणको संज्ञा दिदै पुटिनले यो संयुक्त राष्ट्रसंघको मान्यता विपरित भएको प्रतिक्रिया दिएका छन् ।

टर्की र अस्ट्रेलियाको अमेरिकालाई समर्थन :

अमेरिकाले सिरियामाथि सुरु गरेको आक्रमणको टर्की र अमेरिकाले समर्थन गरेका छन् । विज्ञप्ति मार्फत टर्कीको विदेश मन्त्रालयले सिरीयामा भएको आक्रमण रासायनिक हतियार प्रयोगविरुद्ध सहि कारवाही भएको उल्लेख गरेको छ । रासायनिक हतियार प्रयोग गर्नेलाई सजाय दिनैपर्ने भन्दै टर्कीले आक्रमणको स्वागत गरेको छ ।

रासायनिक हतियार हमला गर्नेलाई कारबाही हुन्छ 

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरुले जनाएका छन् । 

विज्ञहरुका अनुसार उक्त गुटा तथा विद्रोहीहरुको कब्जामा रहेको भनिएको अर्को क्षेत्र डुमामा पनि यस्ता हतियारहरुको आक्रमण भएको अनुमान गरिएका विवरणहरु आएका छन् । 
त्यस घटनाको अन्तर्राष्ट्रिय स्तरमा नै निन्दा भइरहेको छ । साथै यसमा संलग्नहरुलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ । 

हालैमात्र भएका भनिएका गुटा र डुमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको बताइएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि निकै क्रुर रुपमा भएको हमलाको शिकार बनेका छन् । 

सिरिया सरकारले ठूलो मात्रामा यस्ता हतियारको प्रयोग जारी राखेकोले उसले यसका लागि ठूलो मूल्य चुकाउनुपर्ने धारणा विश्व समुदाय र संयुक्त राष्ट्रसंघले पनि राख्दै आएका छन् ।  
 

-एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै