• २०८१ बैशाख ६ बिहीबार

ला लिगामा आज बार्सिलोना भालेन्सियासँग खेल्दै, अबको निशाना ला लिगा र कोपा डेल रे

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगबाट अप्रत्याशित रुपमा बाहिरिएपछि स्पेनिस क्लब बार्सिलोनाको अबको निशाना ला लिगा र कोपा डेल रे रहेको छ ।

बार्सिलोनाले ला लिगाको उपाधि लगभग जितिसकेको छ तर जित सुनिस्चित नहुन्जेल जे पनि हुनसक्ने हुनाले बार्सिलोनाले अब ला लिगा जितको सुनिस्चितताका लागि आफ्नो फोकस गर्ने भएको छ ।

यसै क्रममा आज राति बार्सिलोना भालेन्सियासँग खेल्दै छ । बार्सिलोनाको घरेलुमैदानमा हुने यस खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगको हारलाई बिर्सिदै ला लिगामा आफ्नो दबदबालाई कायम राख्ने प्रयास गर्ने छ । यता भालेन्सिया भने लगातार ९ खेलमा आफ्नो अपराजित यात्रालाई जारी राख्दै बार्सिलोनालाई पराजित गरेर दोस्रो स्थानमा रहेको एथलेटिकोसँग अंक बराबर गर्न चाहन्छ ।

यस अघि बार्सिलोना र भालेन्सियाको भेट कोपा डेलरेको सेमिफाइनलमा भएको थियो । सेमिफाइनलका दुवै लिगमा बार्सिलोनाले पराजित गरेको थियो । पहिलो लिगमा १-० ले बार्सिलोनासँग पराजित भएको भालेन्सिया दोस्रो लिगमा २-० ले पराजित भएको थियो ।

यस खेलका लागि बार्सिलोनाका इभान राकीटिक भने खेल्ने छैनन् । उनको औलाको फ्राक्चर भएकाले उनि टिममा छैनन् भने कोन्टिन्हो र सर्जियो बसक्वेट भने उपलब्ध हुने छन् ।
त्यस्तै भालेन्सियाका टोनी लाटो, फ्रान्सिस कोक्वीलिन र जाभी जिमीनज उपलब्ध हुने छैनन् ।

यस खेलमा बार्सिलोनालाई घरेलुमैदानको फाइदा हुने भएपनि च्याम्पियन्स लिगको पराजयको पिडा अझै ताजै रहेका त्यसको असर देखिन सक्दछ, तर बार्सिलोना आफ्नो फुल टिमबाट यो खेल खेल्ने हुनाले भ्यालेन्सियालाई हराउन त्यति गाह्रो हुने देखिदैन् । 

बार्सिलोनाको ला लिगामा ३१ खेलमा ७९ अंकसहित दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा ११ अंकले अगाडी रहेको छ भने भालेन्सिया ३१ खेलमा ६५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै