• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक, रियलविरुद्ध बायर्न, रोमाविरूद्ध लिभरपुल खेल्ने 

kharibot

काठमाडौँ । यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र भएको छ । 

शुक्रबार भएको ड्र अनुसार सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड जर्मनी क्लब बायर्न म्युनिखसँग खेल्ने भएको छ । त्यस्तै  इटालियन क्लब एस रोमा भने लिभरपुलसँग सेमिफाइनल खेल्ने भएको छ । 

रियल म्याड्रिडले युभेन्टसविरुद्ध समग्रमा ४-३ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गर्यो भने बायर्न म्युनिखले सेभिल्लासँग समग्रमा २-१ को नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको थियो ।

यस अघि बुधबार राति रोमाले बार्सिलोनाको पहिलो लिगको अग्रता उल्टाउदै समग्रमा ४-४ को नतिजा बनाउदा अवे गोलको आधारमा सेमिफाइनलको यात्रा तय गर्यो । त्यस्तै बुधबारनै लिभरपुलले सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित समिफाइनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनलको ड्र ओपन ड्र भएको युईएफएले जनाएको छ । साथै ड्र गर्दा पहिलो नाम आउने टिमले सेमिफाइनलको पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्ने पनि युईएफएले जनाएको छ । 

सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ र २५ मा हुने छ भने दोस्रो लिग मे १ र २ मा हुने छ । प्रतियोगिताको फाइनल मे २६ मा युक्रेनमा हुने छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै