• २०८१ बैशाख ८ शनिबार

धनगढी टिम चौराहा लगातार दोस्रो पटक रुस्लान डिपिएल च्याम्पियन 

kharibot

काठमाडौँ । धनगढी टिम चौराहाले लगातार दोस्रो पटक रुस्लान डिपिएलको उपाधि जितेको छ । 

आज भएको फाइनल खेलमा धनगढीले काठमाडौँलाई २१ रनले जितेको छ ।

धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोल्डेन्स २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

काठमाडौँका लागि अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । त्यस्तै सन्नी पटेलले २२ रनको योगदान दिएका थिए ।

त्यस्तै धनगढीलाई उपाधि दिलाउनेक्रममा ललित भण्डारीले ३ विकेट लिए भएन रोहन मुस्तफाले २ र सम्स्स्द सेख र येगेन्द्रसिंह कार्कीले एक एक विकेट लिएका थिए ।

यसअघि धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

धनगढीका लागि सुनिल धमलाले सर्वाधिक ७८ रन बनाएका थिए भने रोहन मुस्तफाले ६० रनको योगदान दिएका थिए । १२ रन मै पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटका लागि धमला र मुस्तफाले १४२ रनको पार्टनरसिप गरेका थिए ।

धनगढीका लागि सुनिल धमलाले ६२ बल खेल्दै ३ छक्का र ८ चौकाको मद्धतले ७८ रन बनाएका थिए ।त्यस्तै ६० रन बनाउने क्रममा रोहन मुस्तफाले ४२ बल खेल्दै ४ छक्का र ४ चौका बनाएका थिए । त्यस्तै कप्तान सोमपाल कामीले ८ रन बनाएका थिए ।

काठमाडौँका लागि सन्नी पटेल र सुबोथ भाटीले एक एक विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै