• २०८१ बैशाख १३ बिहीबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन जादै 

kharibot

काठमाडौँ । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन  जाने भएका छन् ।

फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो ।

चिनियाँ विदेशमन्त्री वांग वाईको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवालीले बैशाख ३ गतेदेखि ८ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमण का क्रममा मन्त्री ज्ञवालीले चिनियाँ विदेशमन्त्री वांगसँग वैशाक ५ गते दुइपक्षिय वार्ता गर्ने छन् भने वार्तापछि संयुक्त पत्रकार सम्मेलन गरिने जानकारी दिइएको छ ।

त्यस्तै ज्ञवाली भ्रमणका क्रममा चीनको सिचुवान प्रान्तमा समेत जाने कार्यक्रम रहेको छ । भ्रमणमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीका साथै चीन स्थित नेपाली राजदुत लिलामणी पौड्याल सहभागी हुने जानकारी दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली बैशाख ८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै