• २०८१ बैशाख ८ शनिबार

साताको सेयर कारोबार रकम उच्च, ८२ लाख कित्ता सेयर खरिदबिक्री  

kharibot

साताका प्रमुख सेयर सूचकांकहरु

काठमाडौं । सेयर कारोबार रकममा यो साता उल्लेख्य वृद्धि भएको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३६ हजार सात सय पाँच वटा कारोबारबाट दुई अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा ७३ दशमलव ९३ प्रतिशतले बढी हो । गत साता एक सय ८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार छ सय ३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरका ५४ लाख ५० हजार दुई सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव एक अंकले घटेर अन्तिम दिन १२ सय ७७ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा  दुई दशमलव ६४ अंकले घटेर दुई सय ७२ दशमलव ४५ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १२ करोड २९ लाख ४० हजार रुपैयाँको आधारमा बैंक अफ काठमान्डू लिमिटेड (संस्थापक) अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ८० हजार कित्ताको आधारमा पनि बैंक अफ काठमान्डू लिमिटेड (संस्थापक) अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १५ सय ४९ वटाको आधारमा प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यो साता नौ वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको छ । 

सातामा सर्वाधिक रकमको कारोबारका आधारमा बैंक अफ काठमाण्डू (संस्थापक), नबिल बैंक, नबिल बैंक (संस्थापक), स्ट्यान्डर्ड चार्टर्ड बैंक र प्रभु इन्स्योरेन्स प्रमुख पाँच कम्पनी बनेका छन् भने यस साता सूचीकरणतर्फ प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयर १२ लाख ८३ हजार ४० कित्ता, जानकी फाइनान्स कम्पनीको बोनस सेयर ६ लाख १५ हजार ३ सय ४६ कित्ता, सनराइज बैंकको बोनस सेयर एक करोड ६ लाख ३३ हजार ७ सय ६८ कित्ता, अपि पावर कम्पनीको बोनस सेयर ८ लाख ४० हजार कित्ता, नागबेली लघुवित्त विकास बैंकको बोनस २ लाख ४० हजार ४६ कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस २ लाख ४० हजार ४६ कित्ता सूचीकृत भएको छ ।

त्यस्तै तिनाउ विकास बैंकको बोस ४ लाख ६० हजार ८ सय ४९ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस  सेयर १० लाख कित्ता र प्राइम कमर्सियल बैंकको बोनस १ करोड ७० लाख ७८ हजार ६ सय ६६ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै