• २०८१ बैशाख १४ शुक्रबार

भारतीय नेशनल अवार्डको घोषणा, श्रीदेवीले जितिन् ‘मम’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड 

kharibot

मुम्बई । भारतीय सिनेमाको नेशनल अवार्डको घोषणा गरिएको छ । 

अघिल्लो महिना निधन भएकी अभिनेत्री श्रीदेवीलाई उनले अभिनय गरेको फिल्म ‘मम’ का लागि उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड दिइएको छ ।

त्यस्तै रिद्धि सेनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । सेनलाई बंगाली फिल्म नगर किर्तनका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ ।

फिल्म न्युटनलाई २०१७ को उत्कृष्ट हिन्दी फिल्मको अवार्ड दिइएको छ भने न्युटन फिल्मका अभिनेता पंकज त्रिपाठीलाई स्पेसल अवार्डले सम्मान गरिने घोषणा गरिएको छ ।

त्यस्तै बाहुबली-२ ले उत्कृष्ट एक्शन निर्देशन र स्पेशल इफेक्ट गरि दुई नेशनल अवार्ड जितेको छ । त्यस्तै उत्कृष्ट कोरियोग्राफीको अवार्ड ट्वाइलेट एक प्रेम कथाका कोरियोग्राफर गणेश आचार्यलाई दिइएको छ ।

त्यसैगरी य बर्षको उत्कृष्ट फिल्मको अवार्ड असमिस फिल्म ‘भिलेज रक स्टार’ लाई दिइएको छ ।

त्यस्तै उत्कृष्ट पपुलर फिल्मको अवार्ड बाहुबली-२ लाई दिइएको छ भने दादा साहेब फल्के अवार्ड बिनोद खन्नालाई दिइएको छ 

त्यसैगरी एआर रहमानलाई उत्कृष्ट संगीतकारको नेशनल अवार्ड दिइएको छ भने अभिनेत्री दिव्या दत्तालाई उत्कृष्ट सहभिनेत्रीको अवार्ड दिइएको छ । त्यस्तै भानिता दासलाई उत्कृष्ट बालकलाकारको नेशनल अवार्ड दिइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै