• २०८१ बैशाख ८ शनिबार

बाबुले चलाएको ट्रयाक्टरमा च्यापिएर छोराको मृत्यु

kharibot

कञ्चनपुर । कञ्चनपुरमा बाबुले चलाएको टेक्टरमा परि छोराको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १ बाराकुण्डाका तेज साउदले चलाएको म १ प ९६६ नम्बरको टेक्टरबाट खस्दा उनका ६ बर्षिय छोरा बिक्रम साउदको मुत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले टेक साउदले शुक्रबार आफ्नै खेत जोत्ने क्रममा टेक्टरमा बसेका बिक्रम खसेर रोटाभेटरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको बताए । खेत जोत्ने रोटाभेटरमा च्यापिएर मरेका बालकको शरिर काटिएको छ । 

उनका अनुसार अभिभावको लार्पबाहीका कारण घटना घटेको छ । मृतक बालकको पोष्टमाष्टका लागि महाकाली अञ्चल अस्पतालमा ल्याएको छ । 

आफुले चलाएको टेक्टरबाट खसेर सन्तानको मृत्यु भएपछि बाबुलाई पछुतो र घरपरिवारलाई पिडाबोध भएको छ । कञ्चनपुर प्रहरीले भने होसियार नअपनाएका कारण बालकको मृत्यु भएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै