• २०८१ बैशाख १४ शुक्रबार

तरुण दल जुर्मुराउदा कांग्रेसलाई बल पुगेको छ : महामन्त्री कोइराला    

kharibot

वीरगंज । नेपाल तरुण दलको २ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम वीरगन्जमा सुरु भएको छ । 

कार्यक्रमको उदघाटन गर्दै डा. कोइरालाले तरुण दलले सातै प्रदेशमा गर्दै रहेको प्रशिक्षण कार्यक्रमले नेपाली कांग्रेसलाई बल पुगेको बताएका छन । 

महामन्त्री डा कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

झापाको बिर्तामोड बाट चैत्र २५ गते सुरु भयको प्रशिक्षण सातै प्रदेशमा संचालन हुनेछ । निर्वाचनपछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको बेला र अरु भातृसस्थाहरु पनि परिचालन हुननसकेको समयमा नेपाल तरुण दल एकताबद्ध बनेर देसब्यापी प्रशिक्षणमा जुटेको छ । हिजो बिरगंजमा २ नम्बर  प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको सभापतित्व तरुण दल अध्यक्ष जित जंग बस्नेतले गरेका थियो भने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले तरुण दल पार्टीको साथी संगठन भएकोले अझै ससक्त भयर अगाडि बढ्नु पर्ने बताए । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले तरुण दलले सातै प्रदेसमा गर्न लागेको "प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली कांग्रेसलाई नया उर्जा र शक्ति प्रदान गर्ने बताएका छन । 

महासचिव शाहीले तरुण दल अब संगठन निर्माणमा ससक्त ढङ्गले अगाडि बढ्न लागेको जानकारी गराएका छन । 

२०७४ फागुन २२/२३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको एतिहासिक राष्ट्रिय भेला सफलता पुर्बक सम्पन्न गरेको तरुण दलले  "सम्पुर्ण तरुण प्रशिक्षित- सम्पुर्ण युबा संगठित" अभियान अन्तर्गत देसै भर प्रशिक्षण अभियान संचालन गरिरहेको छ । 

नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा "प्रदेश स्तरीय प्रशिक्षण" कार्यक्रम सातै प्रदेशमा हुने भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी भैरहेका छन।

प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुनलागेको महासचिव शाहीले जानकारी दिएका छन् ।

शाहीका अनुसार प्रदेस १ मा झापामा चैत्र २५  र २६ गते, त्यस्तै प्रदेस २ मा पर्सामा चैत्र २९ र ३० गते, प्रदेश ३ मा हेटौडामा बैशाख ३ र ४ गते, प्रदेश ४ मा पर्वतमा बैशाख ६ र ७ गते, त्यस्तै प्रदेश ५ मा रुपन्देहीमा बैशाख ९ र १० गते, प्रदेश ६ मा सुर्खेतमा बैशाख ३० र ३१ गते त्यस्तै प्रदेश ७ मा डडेल्धुरामा बैशाख १२ र १३ गते प्रशिक्षण हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै