• २०८१ बैशाख ७ शुक्रबार

माता पिताको निधनको चार बर्षपछि बच्चाको जन्म

kharibot

काठमाडौं । माता पिताको निधनको चार बर्षपछि उनीहरुको बच्चाको जन्म भएको छ । यो घटना चीनको हो ।

चीनको पत्रिका द बेजिंग न्युजका अनुसार एक सडक दुर्घटनामा मारिएका दम्पतिले सुरक्षित राखेको भ्रुणबाट सेरोगेसीको माध्यमबाट बच्चाको जन्म गराइएको छ ।

२०१३ मा मारिएका आफ्ना छोरा बुहारीको भ्रुणलाई लिन लामो कानुनी लडाई लडेर आफ्नो छोराको नयाँ सन्तानको जन्म गराउन मारिएका दम्पतिका आमा-बाबु सफल भएका छन् । 

उनीहरुले लाओसमा गएर सेरोगेसीको माध्यमबाट बच्चालाई जन्माएका हुन् । अस्पतालमा सुरक्षित रुपमा राखिएको भ्रुणमाथि आफ्नो अधिकारका लागि बच्चाका हजुरबा हजुरआमाले लामो कानुनी लडाई लड्नु परेको पत्रिकामा उल्लेख गरिएको छ ।

कानुनी लडाई जितेपछि चीनमा सेरोगेसी कानुनीरुपमा बन्देज रहेकाले उनीहरुले गाडीबाट सो भ्रुणलाई लाओस ल्याएर सेरोगेट आमाको कोखमा सो भ्रुण प्लान्ट गरिएको थियो ।

 भ्रुणलाई १९६ माइनस तापक्रममा नाइट्रोजनमा सुरक्षित राखिएकोले कुनै पनि विमानले सो भ्रुण लान अस्विकार गरेपछि भ्रुणलाई गाडीमै लाओस पुर्याइएको बताइएको छ ।

जन्मिएको बच्चालाई नागरिकताको समस्या हुने भएकाले सेरोगेट आमालाई टुरिष्ट भिसामा चीन लगेर चीनमै बच्चालाई जन्माइएको रिपोर्टमा उल्लेख गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै