• २०८१ बैशाख ८ शनिबार

नेइमारको रेकर्ड ट्रान्सफर रकमसहित बार्सिलोना छोड्ने तयारी

kharibot

काठमाडौँ,  बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमारले रेकर्ड ट्रान्सफर बार्सिलोना छोड्ने अन्तिम तयारी गरेका छन् ।

नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

मेट्रो पत्रिकाले सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्धन सम्झौता आउँदो सोमाबार वा मंगलबार हुने दाबी गरेको छ । त्यस्तै डेली मेलले भने पीएसजीले अर्जेन्टिनाका आफ्ना खेलाडी डी मारियालाई प्रयोग गरेर नेइमारलाई ल्याउने पहल गरिरहेको जनाएको छ । पीएसजीले नेइमारको डीलमा तिर्नु पर्ने रकम कम गर्नका डी मारियालाई दिने प्रस्ताव गरेको जनाउदै डेली मेल लेख्छ बार्सिलोनाले यस अघि नेइमारको सम्झौता रकममा नेगोसियसन नगर्ने विचार परिवर्तन गरेको छ ।

पिएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । नेइमारका बुवाले पिएसजीसँग छलफल गरिरहेको र नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने लगभग पक्का भएको उल्लेख गरिएको छ । नेइमारले पिएसजीमा गएपछि वर्षको झण्डै दुई करोड ७० लाख पाउण्ड कमाइ गर्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै