नेइमारको रेकर्ड ट्रान्सफर रकमसहित बार्सिलोना छोड्ने तयारी

खरीबोट

काठमाडौँ,  बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेइमारले रेकर्ड ट्रान्सफर बार्सिलोना छोड्ने अन्तिम तयारी गरेका छन् ।

नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध हुन लागेको र त्यसका लागि सम्झौता अन्तिम चरणमा पुगेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

मेट्रो पत्रिकाले सम्झौताका लागि नेइमार राजी भएको र अनुबन्धन सम्झौता आउँदो सोमाबार वा मंगलबार हुने दाबी गरेको छ । त्यस्तै डेली मेलले भने पीएसजीले अर्जेन्टिनाका आफ्ना खेलाडी डी मारियालाई प्रयोग गरेर नेइमारलाई ल्याउने पहल गरिरहेको जनाएको छ । पीएसजीले नेइमारको डीलमा तिर्नु पर्ने रकम कम गर्नका डी मारियालाई दिने प्रस्ताव गरेको जनाउदै डेली मेल लेख्छ बार्सिलोनाले यस अघि नेइमारको सम्झौता रकममा नेगोसियसन नगर्ने विचार परिवर्तन गरेको छ ।

पिएसजीले नेइमारलाई १९ करोड ७० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्न लागेको हो । नेइमारका बुवाले पिएसजीसँग छलफल गरिरहेको र नेइमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गर्ने लगभग पक्का भएको उल्लेख गरिएको छ । नेइमारले पिएसजीमा गएपछि वर्षको झण्डै दुई करोड ७० लाख पाउण्ड कमाइ गर्ने छन् ।

सम्बन्धित समाचार

पिएसजीको सेल्टिकमाथि गोल बर्षा, नेइमार र कभानीले गरे २-२ गोल

काठमाडौँ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्कटिस क्लब सेल्टिकलाई ७-१ को ठुलो गोल अन्तरले पराजित गरेको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा सेल्टिकलाई पिएसजीले

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु

काठमाडौँ ।  नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ आजदेखि शुरु भएको छ ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल मैदानमा एक समारोहकाबीच निर्णायक मण्डललाई

भेट्रान गोलकिपर बुफानको अन्तर्राष्ट्रिय फुटबलबाट दुखद बिदाई 

काठमाडौं । इटालीका ३९ बर्षिय भेट्रान गोलकिपर गियानलुइंगी बुफानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गएराती स्विडेनसँग गोलरहित बराबरीमा रहेर विश्वकपबाट बाहिरिएपछि बुफानले आफ्नो राष्ट्रिय टिम इटालीलाई अलबिदा भनेका हुन्

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार

काठमाडौँ ।  एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा