• २०८१ बैशाख ८ शनिबार

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा कालीकोट र कास्कीमा

kharibot

काठमाडौं । ग्लोबल आईएमई बैंकले बुधबार कालीकोट र कास्कीमा दुई वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बुधबार दुई स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नंं.  ५, स्यूना र  कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नंं.  १०, उत्तमचोकमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । थप दुई स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय २२ पुगेको छ ।  

यस्तै बैंकको १ सय २८  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ७९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन्  भने भाइबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै