• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ३ को राजधानी सार्ने कुरा नगर्न राजधानीका सांसदहरुलाई प्रदेश मन्त्रीको चेतावनी  

kharibot

हेटौँडा । प्रदेश नंबर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश नंबर ३ को राजधानीको विषयमा अहिले चर्चा गर्ने समय नभएको बताएका छन् ।

आज हेटौँडामा पत्रकारहरुसँको अन्तरक्रियामा उनले अहिले प्रदेश सरकार कानुन निर्माणको चरणमा रहेको भन्दै अहिले राजधानीको विषयमा चर्चा गर्ने समय नभएको बताए ।

उनले भने, “उपत्यकामा राजधानी हुँदै हुँदैन, राजधानीको लागि यहाँ उपयुक्त छ, सबै संरचना निर्माण भएको ठाउँमा सारिहाल्नुपर्ने भन्ने छैन ।”

राजधानीकै सांसदहरुले राजधानी सार्ने विषय उठान गर्नु गलत भएको भन्दै उनले भने, “मेचीदेखि महाकालीसम्मका मानिसहरु, सांसदहरुले कांठमाण्डौँमा डेरा खोज्न हुने अनि उहाहरुलेचै हेटौँडमा खोज्न नहुने भन्ने पनि हुन्छ ?”

उनले अबको एक वर्षभित्रमा हेटौँडासँग प्रदेशको सबै जिल्ला निकै नजिक हने दाबी गर्दै हेटौँडामा नै राजधानीको लागि उपयुक्त भएको संकेत गरे । उनले भने, “अबको एक वर्षभित्र रसुवा–नुवाकोट–चितवनको नयाँ बाटो बन्दै छ, धरान चतरा बन्दै छ, कान्तिलोकपथ लगभग निर्माण भैसक्यो, अब त सबै जिल्लाको लागि हेटौँडा सहज हुन्छ, अनि किन राजधानीको विषय अहिले उठान गर्नु र ?”

मन्त्री लामाले राजधानीको विषय भन्दापनि कानुन निर्माण र आगामी कार्ययोजनामा केन्द्रीत हुन सांसदहरुलाई आग्रह समेत गरेका छन् । उनले सांसदहरुले ब्यक्तिगत रुपमा विषयहरु दर्ता गराउनु संसदीय मूल्य मान्यताको विरुद्ध रहेको समेत बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै