• २०८१ बैशाख १४ शुक्रबार

अर्थसचिव खनालद्वारा राष्ट्र बैंकको सञ्चालकको पदमा शपथ

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ को उपदफा (१) मा व्यवस्था भएबमोजिम अर्थसचिव डा. राजन खनाललाई नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्यको शपथग्रहण गराइएको छ । 

सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले खनाललाई बुुुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जन्मिएका सचिव डा. खनालले महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपालको कर नीतिका विषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकायबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

सचिव डा. खनालले सन् १९९३ बाट निजामति सेवामा प्रवेश गरी नेपाल सरकारको विभिन्न मन्त्रालय र विभागहरूमा उच्च तहमा रही कार्यानुभव हासिल गरेका छन् ।

अर्थसचिव एवम् सञ्चालक खनालको कार्यकालको पूर्ण सफलताको कामना गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै