च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा, यसरी हुदै छ ड्र

खरीबोट
ad

काठमाडौँ । यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । 

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड, बायर्न म्युनिख, एस रोमा र लिभरपुल पुगेका छन् । 

बार्सिलोनाको च्याम्पियन्स लिग एक्जिट धेरैका लागि अपत्यारिलो बन्यो भने प्रिमियर लिगको उपाधि जित्न तयार रहेको म्यानचेस्टर सिटीको लिभरपुलसँगको हारलाई पनि धेरैले अपत्यारिलो रुपमा लिएका छन् ।

गएराती रियल म्याड्रिडले युभेन्टसविरुद्ध समग्रमा ४-३ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गर्यो भने बायर्न म्युनिखले सेभिल्लासँग समग्रमा २-१ को नतिजा निकाल्दै सेमिफाइनलमा पुग्यो ।

यस अघि बुधबार राति रोमाले बार्सिलोनाको पहिलो लिगको अग्रता उल्टाउदै समग्रमा ४-४ को नतिजा बनाउदा अवे गोलको आधारमा सेमिफाइनलको यात्रा तय गर्यो । त्यस्तै बुधबारनै लिभरपुलले सिटीलाई २-१ ले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित समिफाइनलको यात्रा तय गरेको छ ।

अब सेमिफाइनलको ड्र शुक्रबार नेपाली समय अनुसार साढे ५ बजे हुने छ ।

यो ड्र ओपन ड्र हुने र जुन सुकै टिम जो सुकैसँग पर्न सक्ने युईएफएले जनाएको छ । साथै ड्र गर्दा पहिलो नाम आउने टिमले सेमिफाइनलको पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्ने पनि युईएफएले जनाएको छ । 

सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ र २५ मा हुने छ भने दोस्रो लिग मे १ र २ मा हुने छ । प्रतियोगिताको फाइनल मे २६ मा युक्रेनमा हुने छ ।          
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगको फाइनलमा ग्यारेथ बेलको 'बाइस्कल-किक' गोल 

काठमाडौँ । च्याम्पियन्स लिगको फाइनलमा ग्यारेथ बेलले बाइस्कल किक मार्फत हानेको गोलको अहिले विश्वभर चर्चा रहेको छ । फाइनल खेलमा २ गोल गरेका बेलले पहिलो गोल बाइस्कल किक हान्दै गरेका थिए

रामोस भिलेन बनेपछि सलाहको यस सिजनको दुखद अन्त्य 

काठमाडौँ । यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका इजिप्टियन फुटबलर मोहमद सलाहको सिजन दुखद रुपमा टुंगिएको छ । गएराती भएको च्याम्पियन्स लिगको फाइनल खेलमा पहिलो हाफको २८औ मिनेटमा रियल म्याड्रिडका सर्जियो

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि, सुपरसब बेलले गरे दुई गोल 

काठमाडौँ । रियल म्याड्रिडले लगातार तेस्रो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो १३औ च्याम्पियन्स लिगको उपाधि जितेको हो

च्याम्पियन्स लिग फाइनल प्रिभ्यु : रियल म्याड्रिड भर्सेज लिभरपुल 

काठमाडौँ । यस बर्षको क्लब फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब लिभरपुल आज राति प्रतिष्पर्धा गर्दै छन् । फाइनल खेल नेपाली समय अनुसार

Loading...

Loading...