• २०८१ बैशाख ८ शनिबार

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

kharibot

काठमाडौँ । जर्मनी क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको छ । 

गएराती घरेलु मैदानमा भएको क्वाटरफाइनलको दोश्रो लिगमा सेभिल्लासँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो लिगको २-१ को अग्रताका आधारमा बार्यन सेमिफाइनलमा प्रवेश गरेको हो । 

जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकाले पनि सेभियासँग भने जित हात पार्न सकेन ।  डिफेन्डर जोयक्विन कोरीले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा सिमित भएको थियो । 

यो सहित बायर्न ११औ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको इतिहासमा बायर्न सेमिफाइनलमा धरैपटक पुग्ने दोस्रो टिम हो । अहिलेसम्म रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा सबै भन्दा धेरै १३ पटक पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै