रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल 

खरीबोट
ad

काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

गएराती भएको क्वाटरफाइनलको दोस्रो लिगमा युभेन्टसविरुद्ध ३-१ गोलले पराजित भएपनि रियलले पहिलो लिगको ३-० को अग्रता सहित समग्रमा ४-३ को नतिजासहित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले खेलको निर्धारित समयपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका थिए ।

रियलले पाएको पेनाल्टीको विरोध गरेपछि रेफीले युभेन्टसका भेट्रान गोल किपर गियानलुइगी बुफनलाई रातो कार्ड दिएका थिए । बुफनलले च्याम्पियन्स लिगको उनको क्यारियरमा पहिलो पटक रातो कार्ड पाएका हुन् । उनले च्याम्पियन्स लिगका ११७ खेल खेलेका छन् । 

यसअघि युभेन्ट्सले खेलमा उत्कृस्ट कमब्याक गर्दै रियलविरुद्ध ३-० को अग्रता लिएको थियो । युभेन्ट्सको अग्रतामा मारिओ मन्डजीकले दुई गोल गरेका थिए भने ब्लैसे मटुडीले एक गोल गरेका थिए ।

दोस्रो लिगमा हार पछि पनि रियल म्याड्रिड लगातार आठौ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै रोनाल्डोले युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगमा कुल १० गोल गरेका छन् जुन कुनै टिम विरुद्ध एक खेलाडीले गरेको धेरै गोल हो ।

   
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने

काठमाडौँ । लिभरपुल र रियल म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने भएको छ । युक्रेनको किभमा मे २६ मा हुने च्याम्पियन्स लिगको फाइनल खेल युट्युबसहित अन्य अनलाइन प्लेटफर्म

लिभरपुललाई हराउदै चेल्सीको च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवितै 

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले लिभरपुलविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।  गएराती भएको खेलमा चेल्सीले ओलिभर जिराउडको एक मात्र गोलको मद्धतले लिभरपुललाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनौट

लिभरपुलका तीन हस्तीले तोडे रियल म्याड्रिडका बिबिसीको रेकर्ड 

काठमाडौँ । रियल म्याड्रिडका बिबिसी भनेर चिनिने ग्यारेथ बेल, करीम बेन्जामा र क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिगको रेकर्ड तोडिएको छ । रियलका बिबिसीले च्याम्पियन्स लिगको एक सिजनमा गरेको २८ गोलको रेकर्डलाई लिभरपुलका

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने 

काठमाडौं । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  सेमिफाइनलको दोस्रो लिगमा एएस रोमासँग ४-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ७-६ ले विजयी हुदै प्रतियोगिताको फाइनलमा पुगेको हो । रोमाको घरेलु

Loading...

Loading...