• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोनाल्डोले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

गएराती भएको क्वाटरफाइनलको दोस्रो लिगमा युभेन्टसविरुद्ध ३-१ गोलले पराजित भएपनि रियलले पहिलो लिगको ३-० को अग्रता सहित समग्रमा ४-३ को नतिजासहित प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले खेलको निर्धारित समयपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका थिए ।

रियलले पाएको पेनाल्टीको विरोध गरेपछि रेफीले युभेन्टसका भेट्रान गोल किपर गियानलुइगी बुफनलाई रातो कार्ड दिएका थिए । बुफनलले च्याम्पियन्स लिगको उनको क्यारियरमा पहिलो पटक रातो कार्ड पाएका हुन् । उनले च्याम्पियन्स लिगका ११७ खेल खेलेका छन् । 

यसअघि युभेन्ट्सले खेलमा उत्कृस्ट कमब्याक गर्दै रियलविरुद्ध ३-० को अग्रता लिएको थियो । युभेन्ट्सको अग्रतामा मारिओ मन्डजीकले दुई गोल गरेका थिए भने ब्लैसे मटुडीले एक गोल गरेका थिए ।

दोस्रो लिगमा हार पछि पनि रियल म्याड्रिड लगातार आठौ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै रोनाल्डोले युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगमा कुल १० गोल गरेका छन् जुन कुनै टिम विरुद्ध एक खेलाडीले गरेको धेरै गोल हो ।

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै