• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया मनोनित

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । 

नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपालराष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

खनियाले एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै उनले बैंकको योजनातथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा कुशल भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।

भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि गत मंसिर १२ गतेदेखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेजराज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै