एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया मनोनित

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । 

नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपालराष्ट्र बैंक, बैंक तथावित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

खनियाले एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै उनले बैंकको योजनातथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा कुशल भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।

भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि गत मंसिर १२ गतेदेखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेजराज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
 

सम्बन्धित समाचार

एनआईसी एशियाको ‘ग्रोथ फण्ड’ स्टक एक्सचेन्जमा सूचिकृत

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु  सोमबार नेपाल स्टक एक्सचेन्ज

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुटको बहार

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको घोषणा गरेको छ । बैंकले ल्याएको अफर अनुसार आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया मनोनित

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ ।  नयाँ सञ्चालक समितिमा

एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको आज एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद