• २०८१ बैशाख ४ मंगलबार

लिभरपुलले च्याम्पियन्स लिग जितेमा बार्सिलोनाका कोन्टिन्होले मेडल पाउन सक्ने 

kharibot

काठमाडौँ । बार्सिलोनाका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्होले लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेमा मेडल पाउन सक्ने भएका छन् ।

गत जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोन्टिन्होले लिभरपुलका लागि यसै सिजनका ५ खेल खेलेका थिए । यसै कारण उनि बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्न पाएनन् । अब बार्सिलोना चय्म्पियाँस लिगबाट बाहिरिसकेको छ ।

यद्यपी लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्ने कुरा अझै टाढा नै रहेको छ, तरपनि लिभरपुलले उपाधि जितेमा कोन्टिन्होले पनि मेडल पाउन सक्ने देखिएको छ ।

आयोजक युईएफएले उपाधि विजेता क्लबलाई कुल ४० गोल्ड मेडल दिने गर्दछ, जसमा लिभरपुलका लागि कोन्टिन्होको पनि च्याम्पियन्स लिगमा योगदान भएकाले क्लब र क्लबका म्यानेजर जोर्गन क्लोपले चाहेमा कोन्टिन्होलाई मेडल दिन सक्नेछन् ।

कोन्टिन्होले लिभरपुलका समुह चरणका ६ खेलमा ५ खेल खेल्दै ५ गोल गरेका थिए । कोन्टिन्होले स्पार्टक मस्कोविरुद्ध अवे खेलमा एक गोल र घरेलु मैदानमा ह्याट्रिक गरेका थिए भने एनके मरिबोरविरुद्ध एक गोल गरेका थिए ।

लिभरपुलले सेमिफानलमा सम्भवत रियल म्याड्रिड, बायर्न म्युनिख वा एस रोमा मध्ये एकको सामना गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै