लिभरपुलले च्याम्पियन्स लिग जितेमा बार्सिलोनाका कोन्टिन्होले मेडल पाउन सक्ने 

खरीबोट

काठमाडौँ । बार्सिलोनाका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्होले लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेमा मेडल पाउन सक्ने भएका छन् ।

गत जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोन्टिन्होले लिभरपुलका लागि यसै सिजनका ५ खेल खेलेका थिए । यसै कारण उनि बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्न पाएनन् । अब बार्सिलोना चय्म्पियाँस लिगबाट बाहिरिसकेको छ ।

यद्यपी लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्ने कुरा अझै टाढा नै रहेको छ, तरपनि लिभरपुलले उपाधि जितेमा कोन्टिन्होले पनि मेडल पाउन सक्ने देखिएको छ ।

आयोजक युईएफएले उपाधि विजेता क्लबलाई कुल ४० गोल्ड मेडल दिने गर्दछ, जसमा लिभरपुलका लागि कोन्टिन्होको पनि च्याम्पियन्स लिगमा योगदान भएकाले क्लब र क्लबका म्यानेजर जोर्गन क्लोपले चाहेमा कोन्टिन्होलाई मेडल दिन सक्नेछन् ।

कोन्टिन्होले लिभरपुलका समुह चरणका ६ खेलमा ५ खेल खेल्दै ५ गोल गरेका थिए । कोन्टिन्होले स्पार्टक मस्कोविरुद्ध अवे खेलमा एक गोल र घरेलु मैदानमा ह्याट्रिक गरेका थिए भने एनके मरिबोरविरुद्ध एक गोल गरेका थिए ।

लिभरपुलले सेमिफानलमा सम्भवत रियल म्याड्रिड, बायर्न म्युनिख वा एस रोमा मध्ये एकको सामना गर्ने छ ।
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक, रियलविरुद्ध बायर्न, रोमाविरूद्ध लिभरपुल खेल्ने 

काठमाडौँ । यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र भएको छ ।  शुक्रबार भएको ड्र अनुसार सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड जर्मनी क्लब बायर्न म्युनिखसँग खेल्ने भएको छ । त्यस्तै  इटालियन क्लब

च्याम्पियन्स लिगमा रोनाल्डोले मेसीको यस्तो रेकर्ड तोडे

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेसीको एउटा रेकर्ड तोडेका छन् ।  विहिबार राति युभेन्टसलाई खेलको अन्तिम मीनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका रोनाल्डोले मेसीको च्याम्पियन्स लिगमा कुनै एक

च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा, यसरी हुदै छ ड्र

काठमाडौँ । यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ ।  सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड, बायर्न म्युनिख, एस रोमा र लिभरपुल पुगेका छन् ।  बार्सिलोनाको च्याम्पियन्स लिग एक्जिट धेरैका लागि

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । जर्मनी क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको छ ।  गएराती घरेलु मैदानमा भएको क्वाटरफाइनलको दोश्रो लिगमा सेभिल्लासँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो लिगको २-१ को अग्रताका आधारमा