• २०८१ बैशाख १२ बुधबार

बाजुरामा बिना अभ्यास थापाले जिते दुई स्वर्ण 

kharibot

बाजुरा । बाजुरा सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । 

सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् । 

यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागि हुनु भएको छैन । “विद्यालयमा अभ्यास नै नगरी पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ,” उनले भने। 
राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै