• २०८१ बैशाख ७ शुक्रबार

कृषि विकास बैंक र क्लियरिङ्ग हाउसबीच कनेक्ट-आइपिएस संञ्चालन गर्ने सम्भौता 

kharibot

काठमाडौँ । कृषि विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच पुनस् कनेक्टआइपिएस संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरि सम्झौता गरिएको छ  ।    

अन्तर बैकिड भुक्तानी प्रणालीमार्फत नेपाल क्लियरिङ हाउसका जुनुसकै सदस्य बैक तथा ग्राहकहरुको रकम अनलाइन रकमान्तर गर्न यस बैंकले एनसीएचएल-आइपिएस मार्फत कार्य गर्न क्लियरिङ हाउससँग विगतमा नै सम्झौता गरेकोमा पुनः एनसीएचएल-आइपिएसले कनेक्ट आइपिएस, इन्टीग्रेसन मोडल तयार गरि एनसीएचएल-आइपिएस र बैकको सिबिएसको विचमा अनलाइन रकम रकमान्तर गर्ने प्रणाली तयार गरे पश्चात यस बैंकले कनेक्ट आइपिएस, इन्टीग्रेसन मोडल   संचालनमा ल्याउन यो सम्झौता गरिएको बैंकले जनाएको छ । 

यस सम्झौता पश्चात कनेक्ट आइपिएस, इन्टीग्रेसन मोडलबाट बैंकले ग्राहकहरुबीच, ग्राहक र व्यवसायबीच तथा ग्राहक र सरकार (राजश्व संकलन तथा भुक्तानी गर्न) अनलाइन रकम रकमान्तर गर्न थप सहज बनाई बैकिङ्ग सेवालाई छिटोछरितो तथा अझ भरपर्दो बनाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै