• २०८१ बैशाख १३ बिहीबार

नेपालको संसदले गरेको निर्णयमा प्रधानमन्त्रीले विदेशमा पुगेर धज्जी उडाए – केपी ओली 

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा गरेको गतिविधि र अभिब्यक्ति लज्जाजनक भएको बताएका छन् । 

नियमित स्वास्थ्य परीक्षणको लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले विदेशमा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु प्रसङ्गहिन ढंगले उठाएको बताएका छन् । 

प्रधानमन्त्रीले गिडगिडाएर क्षमायाचनाको शैलीमा प्रधानमन्त्री प्रस्तुत हुँदा देशकै शिर निहुरिएको अध्यक्ष ओलीले बताए ।

ओलीले देशको स्वाभिमानको वास्ता नगरिकन असान्दर्भिक ढ‌ंगले संविधानको सर्वस्वीकार्यताको कुरा उठाएको भन्दै त्यसलाई लज्जाको विषय बताएका हुन् । ओलीले बहने 'त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले असान्दर्भिक ढ‌ंगले उठाउनु भएको छ । एकदमै असान्दर्भिक ढ‌ंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।'

अध्यक्ष ओलीले नेपालको संसदले, उहाँ आफै सरिक भएर गरेको निर्णयलाई प्रधानमन्त्रीले विदेशमा पुगेर धज्जी उडाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोसिस जारी रहेको उल्लेख गर्दै संविधान संशोधनको लागि फेरि प्रयास गरिने उल्लेख गरेका थिए । 

अध्यक्ष ओली थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक गएका हुन् ।  अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ गएकी छन् । यही भदौं १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

नियमित स्वास्थ्य उपचारका लागि उनी ६-६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै