• २०८१ बैशाख १२ बुधबार

घरेलु तरिकाबाट पुरुषको अनुहारको छालाको उपचार यसरी गर्ने  

kharibot

काठमाडौँ । महिला र पुरुषको छाला हरेक कोणबाट फरक हुन्छ । महिलाको तुलनामा पुरुषको छाला अलि कडा  हुन्छ ।

यही कारण महिलाले प्रयोग गर्ने सौन्दर्यताको सामग्री पुरुषले प्रयोग गर्न प्रयोग गर्दा उतिकै लाभदायिक हुन सक्दैनन् । केवल महिला मात्र आफ्नो छालाको ख्याल गर्ने होइन पुरुषको लागि पनि छालामा सुन्दरता र निखारता हुन आवश्यक छ र पुरुष पनि आफ्नो अनुहारप्रति ध्यान दिन उत्तिकै जरुरी हुन्छ ।  

पुरुषहरुको छालामा चाडै नै समस्या आउछ । जसको कारण धुवाधुलो र माटो हो । यस कारण पुरुषको अनुहारमा समस्या आउछ । जसको कारण छाला कमजोर देखिन थाल्छ । 
कसरी गर्ने त घरेलु तरिकाबाट छालाको उपचार ? 

मेवाको प्रयोग 

पुरुषको छालाको लागि मेवाबाट बनाएको पेस्ट धेरै फाइदाजनक हुन्छ । मेवा काटेर त्यसलाई पेस्ट बनाउने । त्यसमा एक चम्चा कागतीको रस र एक चम्चा दुध मिसाएर राम्रोसँग घोल्ने । अनि यो फेस प्याकलाई आफ्नो अनुहारमा राम्रोसँग लगाउनुस र दश मिनेट सुकाएपछि आफ्नो अनुहार धुनुस । यो विधीले अनुहार सफा बनाउनुको साथै नखिारता ल्याउनमा पनि  मदत गर्दछ ।  

दुधको फेस प्याक 

दुधको फेस प्याक प्राकृतिक हुन्छ ।  जसले छालाको गहिराईमा पुगेर छालालाई मुलायम र चमकदार बनाउदछ । यसको  लागि तपाई कचौरामा काच्चो दुध राखेर रुइ वा रेशमी  कपडा त्यसमा भिजाएर अनुहारमा लगाउनुस र कम्तिमा १५ मिनेट अनुहारमा राख्नुस । यसपछि चिसो पानीले आफ्नो अनुहार धुन सक्नुहुन्छ । केही दिनमै तपाईले फरकपना महशुस गर्नुहुनेछ । 

केराको फेुसप्याक

केरोको फेसप्याकले पुरुषलाई फाइदा गर्दछ । यसले छालालाई सजिवतता दिन्छ । केरामा भएको गुणले छालाको गहिराईमा गएर काम गर्दछ ।  गुलाव जलमा केरालाई मिलाएर अनुहारमा लगाउने र यसलाई थोरै समय सुक्न दिने । र पानीले आफ्नो अनुहार धुने । यसरी केराबाट बनाएको फेसप्याकको प्रयोग गर्नाले अनुहारमा भएको दाग तथा पिम्पल्स सफा भएर जान्छ  र अनुहारमा निखारता ल्याउनमा सहयोग पुर्याउछ ।

पुदिनाको फेसप्याक पुरुषको लागि राम्रो 

प्राकुतिक गुर्णले भरिपुर्ण हुन्छ पुदिना । जसले तपाईको स्वास्थ्य मात्र होइन छालाको निखारताको लागि पनि लाभदायिक हुन्छ । पुदिनाको पातमा थोरै हल्दी मिसाउने र यसलाई पिनेर पेस्ट तयार पार्ने । पेस्ट गाढा बनाएर अनुहारमा यसको पेस्ट लगाउने र १५ मिनेट सुके पछि  अनुहार धुने । यसले अनुहारलाई मुलायमको साथै चमकदार बनाउदछ । 
यी बाहेक पुरुषले धुम्रपान, मध्येपान खानबाट जोगिनु पर्दछ र जुसको सेवन बढाउनु राम्रो हुन्छ ।  

यी विधि अपनाउनाले पुरुषको छाला सम्बन्धि समस्या समाधान गर्नमा मदत पुग्दछ ।  साथै छाला फ्रेस र चमकदार बन्दछ ।  यो उपाय तपाई गर्मी महिनामा प्रयोग गर्न सक्नुहुन्छ । र एक पटकको प्रयोगमा नै तपाईको समस्या समाधान हुन सक्दैन  । केही समयसम्म निरन्तरता दिन आवश्यक हुन्छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै