• २०८१ बैशाख ६ बिहीबार

डाटा चोरी प्रकरणमा मार्क जुकरबर्गले दिए अमेरिकी सिनेट समितिमा बयान  

kharibot

वाशिंटन । फेसबुकको डाटा लिक प्रकरणले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई अमेरिकी सिनेटको एक समितिमा बयान दिनुपर्नेसम्म बनाएको छ ।

गएराती अमेरिकी सिनेटर अगाडी प्रस्तुत भएका जुकरबर्गलेराजनीतिक उद्धेश्यका लागि फेसबुकको डाटा प्रयोग गर्नबाट रोक्न आफु असफल भएको स्वीकार गरेका छन् । जुकरबर्गले फेसबुक आफुले सुरु गरेको र यसले आफ्ना डाटा सुरक्षित गर्न नसकेकोमा सिनेटरहरुको अगाडी माफी पनि मागेका छन् ।

सो अवसरमा सिनेटरहरुले फेसबुकले कस्तो हो भने नजाने जस्तो गरी प्रश्न सोधेका थिए ।

साथै उनले फेसबुकमा ठुलोस्तरमा परिवर्तन गर्न लागिएको बताउदै राजनीतिक फाइदाका लागि कसरी फेसबुकको डाटा प्रयोग गरियो भन्ने पट्ट लगाउने बताए ।

जुकरबर्गले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका बारेमा फेसबुकका कर्मचारीसँग सोधपुछ भएको बताउदै आफुसँग भने कुनै सोधपुछ नभएको स्पष्ट पारेका छन् । उनले सो सोधपुछ गोप्य भएकाले आफुले यसबारेमा आफुले केहि नभन्ने बताए ।

अमेरिकाको रिसर्च फर्म क्याम्ब्रिज ऐनलाईटिकले फेसबुक प्रयोगकर्ताको डाटा चोरेर अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रयोग गरेको खुलासा भएपछि फेसबुक कति सुरक्षित छ भन्ने प्रश्न विश्वभर उठेको छ । 

क्याम्ब्रिजले पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटाको गलत प्रयोग गरेका आरोप छ । सामाजिक सञ्जाल फेसबुकको विश्वसनीयतामा फेरी प्रश्न उठेको छ । फेसबुकको लागि डाटा इन्धन जस्तै हो । यसले विज्ञापन दातालाई एक प्लेटफर्म दिन्छ र त्यसको सट्टा फेसबुकले पैसा कमाउछ ।

यसअघि फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै