डाटा चोरी प्रकरणमा मार्क जुकरबर्गले दिए अमेरिकी सिनेट समितिमा बयान  

खरीबोट

वाशिंटन । फेसबुकको डाटा लिक प्रकरणले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई अमेरिकी सिनेटको एक समितिमा बयान दिनुपर्नेसम्म बनाएको छ ।

गएराती अमेरिकी सिनेटर अगाडी प्रस्तुत भएका जुकरबर्गलेराजनीतिक उद्धेश्यका लागि फेसबुकको डाटा प्रयोग गर्नबाट रोक्न आफु असफल भएको स्वीकार गरेका छन् । जुकरबर्गले फेसबुक आफुले सुरु गरेको र यसले आफ्ना डाटा सुरक्षित गर्न नसकेकोमा सिनेटरहरुको अगाडी माफी पनि मागेका छन् ।

सो अवसरमा सिनेटरहरुले फेसबुकले कस्तो हो भने नजाने जस्तो गरी प्रश्न सोधेका थिए ।

साथै उनले फेसबुकमा ठुलोस्तरमा परिवर्तन गर्न लागिएको बताउदै राजनीतिक फाइदाका लागि कसरी फेसबुकको डाटा प्रयोग गरियो भन्ने पट्ट लगाउने बताए ।

जुकरबर्गले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपका बारेमा फेसबुकका कर्मचारीसँग सोधपुछ भएको बताउदै आफुसँग भने कुनै सोधपुछ नभएको स्पष्ट पारेका छन् । उनले सो सोधपुछ गोप्य भएकाले आफुले यसबारेमा आफुले केहि नभन्ने बताए ।

अमेरिकाको रिसर्च फर्म क्याम्ब्रिज ऐनलाईटिकले फेसबुक प्रयोगकर्ताको डाटा चोरेर अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रयोग गरेको खुलासा भएपछि फेसबुक कति सुरक्षित छ भन्ने प्रश्न विश्वभर उठेको छ । 

क्याम्ब्रिजले पाँच करोड फेसबुक प्रयोगकर्ताको डाटाको गलत प्रयोग गरेका आरोप छ । सामाजिक सञ्जाल फेसबुकको विश्वसनीयतामा फेरी प्रश्न उठेको छ । फेसबुकको लागि डाटा इन्धन जस्तै हो । यसले विज्ञापन दातालाई एक प्लेटफर्म दिन्छ र त्यसको सट्टा फेसबुकले पैसा कमाउछ ।

यसअघि फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । 

 
 

सम्बन्धित समाचार

थर्ड पार्टी एप्लिकेसन हटाउन फेसबुकले ल्यायो बक एप्स 

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको गोप्यतालाई बलियो बनाउन थर्ड पार्टी एप्स एकैचोटि हटाउन मिल्ने बनाएको छ । यसअन्तर्गत प्रयोगकर्ताको माध्यमबाट तेस्रो एपमा प्रकाशित कुराहरु हटाउन अब प्रयोगकर्तालाई सजिलो हुनेछ ।  क्याम्ब्रिज एनालिटिका

पोखरा महानगर कार्यालयमा फेसबुक प्रतिबन्ध

पोखरा ।  पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।  मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक

अमेरिकाको भिषा आवेदन दिदै हुनुहुन्छ ? अब फेसबुक र ट्वीटरको विवरण पनि बुझाउनु पर्छ

वासिङटन ।  विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच

'फेसबुक प्राइभेसी'मा ठूलो परिवर्तन, आफ्ना सूचना राख्नेदेखि हटाउनेसम्ममा प्रयोगकर्तालाई पूर्णअधिकार

काठमाडौं । एकपछि अर्को स्क्यान्डलमा तानिएपछि फेसबुकले प्रयोगकर्ताको गोप्यतासँग सम्बन्धित तथ्यांक, पोष्ट या अन्य महत्वपूर्ण कुरा हटाउन चाहेमा अनुमति दिने भएको छ । केही दिनअघि मात्रै फेसबुकले पाँच करोडभन्दा बढी