• २०८१ बैशाख ८ शनिबार

चेन्नई सुपरकिंग्सको कोलकोतामाथि शानदार जित, एकै खेलमा कुल ३१ छक्का 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपरकिंग्सले कोलकोता नाइटराइडर्सलाई ५ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ ।

यस खेलमा दुवै टिमले कुल ३१ छक्का हानेका छन् जसमा कोलकोताका आन्द्रे रसेलले एक्लैले ११ छक्का हानेका छन् भने चेन्नईका सम बिलिङले ५ छक्का हानेका थिए ।

खेलमा दुवै टिमले गरि ४०७ रन बनाएका थिए । कोलकोताले दिएको २०३ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.५ ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

चेन्नईका लागि सम बिलिङले सर्वाधिक ५६ रन बनाएका थिए । उनले २३ बलमा ५ छक्का र २ चौका हान्दै ५६ रनको पारी खेलेका थिए । त्यस्तै चेन्नईका लागि शेन वाटशानले ४२, अम्बाती रायडूले ३९, महेन्द्रसिंह धोनीले २५ रन बनाएका थिए । त्यस्तै सुरेश रैनाले १४ रनको योगदान दिए भने रविन्द्र जदेजा र डावेन ब्राभोले ११-११ रन नटआउट बनाएका थिए ।

कोलकोताका बलर टम कोरानले २ विकेट लिए भने सुनिल नारन, पियुस चावला र कुलदीप यादवले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २०२ रन बनाएको थियो । कोल्कोताका लागि आन्द्रे रसेलले सवार्धिक ३६ बलमा ८८ रन बनाएका थिए । रसेलले ११ छक्का र एक चौका हानेका थिए । त्यस्तै रोबिन उथप्पाले २९, कप्तान दिनेश कार्तिकले २६ रनको योगदान दिएका थिए ।

चेन्नईका लागि शेन वाटशनले २ विकेट लिए भने हरभजन सिंह, रविन्द्र जदेजा र शार्दुल ठाकुरले एक-एक विकेट लिएका थिए ।

चेन्नईका सम बिलिङ खेलको म्यान अफ द म्याच बनेका थिए ।

आइपिएल अन्तर्गत आज दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्सबीच नेपाली समय अनुसार साँझ सवा ८ बजे हुने छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै