• २०८१ बैशाख ८ शनिबार

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियो, लिभरपुल सेमिफाइनलमा 

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरिएको छ । 

गएराती घरेलु मैदानमा लिभरपुलसँग २-१ गोल अन्तरले पराजित भएपछि समग्रमा ५-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ भने लिभरपुल प्रतियोगिताको सेमिफाइनलमा पगेको छ । 

लिभरपुलको जितमा मोहमद सलाह र रोबर्ट फिर्मिनोले गोल गरेका थिए भने सिटीका लागि एक गोल गर्बियल जिससले गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै जिससको गोलबाट अग्रता लिएको सिटीले पहिलो हाफसम्म अग्रता कायम गरेपनि खेलको दोस्रो हाफमा लिभरपुलले २ गोल गरेको थियो । खेलको ५६औ मिनेटमा सलाहले गोल गर्दै लिभरपूललाई १-१ को बराबरीमा ल्याएका थिए भने खेलको ७७औ मिनेटमा गोल गर्दै लिभरपूललाई २-१ को जित दिलाएका थिए ।

जितसँगै लिभरपुल १०औ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । लिभरपूल इङलिश क्लबमा म्यानचेस्टर युनाइटेड पछि धेरै पटक सेमिफाइनलमा पुग्ने प्रिमियर लिग क्लब बनेको छ । युनाइटेड १२औ पटक सेमिफाइनलमा पुगेको छ ।

साथै लिभरपुलले सिटीलाई एकै सिजनमा तीन पटक पराजित गरेको छ ।

त्यस्तै लिभरपुलले च्याम्पियन्स लिगको यस सिजनमा कुल ३३ गोल गरेको छ, जुन कुनै पनि प्रिमियर लिग क्लबले एक सिजनमा गरेको धेरै गोल हो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै