काठमाडौँ । आगामी सेप्टेम्बरमा हुने एशिया कपको आयोजना संयुक्त अरब इमिरेट्स (युएई)ले गर्ने भएको छ ।
यसअघि भारतले आयोजना गर्ने भनिएको यो प्रतियोगिता युएईलाई आयोजना गर्न दिएको एशियाली क्रिकेट बोर्डले जनाएको छ ।
भारतीय र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका कारण प्रतियोगिता युएईले आयोजना गर्न लागेको बताइएको छ ।
एशिया कपमा आसीसीका स्थायी सदस्यको रुपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भाग लिने पक्का भएको छ भने छैठौ टिमको छनौट प्लेअफ खेलमा हुने छ । प्लेअफका लागि नेपालसहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानले प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगिताको सम्भावित मिति सेप्टेम्बर १३ देखि २८ सम्म बताइएको छ ।
यसअघिको एशिया कप भारतले जितेको थियो ।