एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको आज एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको जनाकारी गराए । 

साथै उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कुराको समेत जानकारी गराए ।

बैंकले हाल देशभर १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । 

बैंकले संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुटको बहार

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको घोषणा गरेको छ । बैंकले ल्याएको अफर अनुसार आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले

एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको आज एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद

एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवनस्थित गीतानगर–चोकबजारमा स्थापना गरिएको छ । सोमबार एक समारोहका बीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैंकका सञ्चालक

एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

काठमाडौँ । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।  उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले