• २०८१ बैशाख ७ शुक्रबार

एप्पलद्वारा कम्पनीका सबै कार्यमा नवीकरणीय ऊर्जाको प्रयोग 

kharibot

अमेरिकाको एरिजोनास्थित मेसामा रहेको एप्पलको डाटा सेन्टर र ५० मेगावाटयुक्त सौर्य ऊर्जा फार्म ।

प्रविधि । चर्चित कम्पनी एप्पलले सोमबार आफ्ना सम्पूर्ण कार्यहरुमा नवीकरणीय ऊर्जाको प्रयोग सुरु गरेको घोषणा गरेको छ ।

कम्पनीले यसलाई कोशेढुंगाको रुपमा लिएको छ । नवीकरणीय ऊर्जामा पूर्ण भर परेको भन्दै ४३ देशमा रहेका रिटेल स्टोरहरु, कार्यालयहरु र डाटा सेन्टरहरुले नवीकरणीय ऊर्जाको प्रयोग गरेको घोषणा गरेको हो । 

आईफोन निर्माता कम्पनीका अनसार उसका नौ निर्यातकर्ताले पनि नवीकरणीय ऊर्जाको प्रयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । नवीकरणीय ऊर्जाभित्र वायु, सौर्यजस्ता ऊर्जाका विकल्पहरु पर्दछन् । 

अमेरिकामा रहेका विश्वकै मुख्य ठूला कम्पनीहरु एप्पल, वालमार्ट, अल्फाबेटलगायतहरु अहिले नवीकरणीय ऊर्जा धेरैमात्रामा खपत गर्ने पर्दछन् । अल्फाबेटको गुगलले गत वर्षमात्रै विश्वव्यापी रुपमा आफ्ना सबै विद्युतीय उपभोग गर्न पर्याप्तमात्रामा नवीकरणीय ऊर्जा किनेको थियो । 

प्रविधिको विकाससँगै सौर्य र वायु ऊर्जाउत्पादक सामानको मूल्य पनि सस्तिँदै गएपछि कम्पनीहरु अहिले नवीकरणीय ऊर्जा प्रयोग गर्न लागिपरेका छन् । खासगरी वातावरणीय स्वच्छता कायम राखिराख्न पनि अहिले सौर्य र वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जालाई कम्पनीहरुले जोड दिन थालेका छन् । 

एप्पलले अत्यधिक ऊर्जाको लागि अमेरिकामा वायु ऊर्जा फार्म बनाएको छ भने जापान र सिंगापुरमा सयौँ छानामाथि सौर्य प्रणाली जडान गरेको छ । शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोगलाई कम्पनीले विशेष जोड दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै