• २०८१ बैशाख १३ बिहीबार

बदामले यसरी स्वस्थ राख्छ शरीरलाई 

kharibot

काठमाडौं । बदामले स्मरण शक्ति बढाउन र मस्तिष्क विकासको लागि राम्रो काम गर्दछ । बदाममा म्याग्नेसियम पनि पाइन्छ , जसले ह्दयको आक्रमण रोक्दछ । बदामले एलडीएल कोलस्टाललाई घटाउँछ । 

बदाम एक यस्तो चिज हो, जसको सेवनले व्यक्ति स्वस्थ हुनको साथै रोगबाट मुक्ति पाउँछ । प्रतिदिन ७ ÷८ बदामको प्रयोग गर्नु स्वाथ्यको लागि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययनहरुको अनुसार बदाममा मोटोपना हुदैन, अर्थात् उपयुक्त मात्रामा बदाम खानाले मोटोपना हुदैन ।

नभुटीकन मुन नमिसाइकन बदामको सेवन अझ प्रभावकारी हुने गर्दछ । बदाम गर्मी र सर्दी दुवै मौसमको लागि उपयुक्त  हुन्छ । शरीरमा नयाँ रगत पैदा गर्दछ र रगतलाई शुद्ध बनाउन सहयोग पुर्याउँछ बदामले ।  यसलाई भुटेर खानाले आमासयमा सक्रियता बढ्दछ । 

कसरी बदामको सेवन गर्दा धेरै लाभ लिने ? 

भुटेको बदामको खोस्टा निकालेर यसको सेवन बिहान खाली पेटमा गर्नु फाइदाजनक हुन्छ भन्ने भनाइ छ । तर रिसर्चबाट पत्ता लागेको छ यसको रातो पातलो खोस्टासहित प्रयोग गर्न राम्रो हुन्छ । जसले शरिरको प्रतिरोधात्मक क्षमता बढाउछ । दैनिक बदामको प्रयोगले दिनभर ताजगी र उर्जावान बनाउन मद्दत गर्दछ । 
 
बदाममा यस्तो पोषक तत्व पाइन्छ, जुन स्मरण शक्ति बढाउन र मस्तिष्कको विकास गर्नाम सहयोग गर्दछ । बदाममा मोनो स्याचुरेटेड वसा प्रोटिन र पोटासियम हुन्छ जुन हृदयको लागि धेरै राम्रो मानिन्छ । यसमा म्याग्नेसियम पनि हुन्छ । जुन दिलको आक्रमण रोक्नमा मदत गर्दछ ।

बदामको सेवनले भाइरल संक्रमण जस्तै चिसो र फ्लुबाट लड्न क्षमताको विकासमा  सहयोग गर्दछ । इटलीको एक वैज्ञानिकले यो खोजबाट पत्ता लगाएका छन् कि बदामले सेतो रक्तकोशिकाको किटाणुलाई खोज्ने क्षमता बढ्दछ । 

बदाम एलडीएल कोलेस्ट्रोललाई कम गर्दछ । उसमा भएको मोनोसैचुरेटेड फ्याट्स हृदय रोगको खतरालाई कम गर्दछ । ब्रिटिस जर्नल अफ न्युट्रिशन मा प्रकाशित एक अध्ययनअनुसार बदाम भएको भिटामिन ‘इ’को एन्टिएक्सिडेण्ट गुणको कारण यसको सेवनले एलडिएल कोलेस्टोलको स्तर घट्छ र ह्रृदयको खतरा कम हुन्छ ।

यसले रगतमा चिनिको मात्रा कम गर्दछ ।  एक क्लिनिकल शोधको अनुसार बदाम खानाले भोजन  बढी भएको रगतमा चिनिको स्तरमा कमी आउँछ । साथै मधुमेह र हृदयको रोगको उपचारमा सहयोग मिल्दछ । मधुमेहले पीडितले दिनको २÷३ बदाम खान सक्दछन् । 

इन्टरनेश्नल जर्नल अफ ओबेसिटी एण्ड रिलेटेड मेटाबेलिक डिसअर्डरमा प्रकाशित एक अध्ययनमा धेरै तौल भएको मोटोपनाले ग्रस्त ६५ जना सहभागी भएको उक्त शोधबाट प्राप्त परिणामको अनुसार बदामयुक्त  कम क्यालोरीको भोजनले मोटोपनाबाट छुटकरा मिल्दछ । 

बदाममा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको एक चौथाइ कपमा ७।६२ ग्राम प्रोटिन हुन्छ । जब कि एक अण्डामा केवल ५।५४ ग्राम प्रोटिन पाइन्छ । २० ग्राम काच्चो बदाममा उच्च गुणतत्व भएको प्रोटिन हुन्छ ।

  • एजेन्सीहरुबाट । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै