• २०८१ बैशाख ७ शुक्रबार

जासुस बनेकी आलियाको ‘राजी’ को ट्रेलर सार्वजनिक 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म ‘राजी’ को ट्रेलर सार्वजनिक भएको छ ।

छोटो समयमा बलिवुडमा आफ्नो अलग्गै पहिचान बनाउन सफल आलियाको ट्रेलरलाई दर्शकले अत्यधिक मनपराएका छन् ।

यस फिल्ममा एक जासुसको भूमिकामा रहेकी आलिया अभिनेता विक्की कौशलसँग अभिनय गरेकी छन् । कौशलले यसअघि फिल्म मसान र रमन राघवमा अभिनय गरेका थिए ।

आली ले फिल्ममा एक कस्मिरी युवतीको भूमिका निभाएकी छन् । सिधा-साधी युवतीको भूमिकामा रहेकी आलियाले एक पाकिस्तानी सेनाका अधिकारीसँग विवाह गरेर भारतको जासुसको रुपमा पाकिस्तान गएको ट्रेलरमा देखाइएको छ ।

चर्चित निर्देशक मेघना गुल्जारले निर्देशन गरेको यो फिल्म एक उपन्यास कालिंग सिक्कासँग प्रेरित रहेको बताइएको छ । आगामी मे ११ मा रिलिज हुने यस फिल्मपछि आलिया रणवीर कपुरसँग ‘ब्रहमास्त्र’ र रणबीर सिंहसँग ‘गली ब्वाय’ आउदै छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै