• २०८१ बैशाख ८ शनिबार

एनएमबी बैंकद्वारा सप्तरीका किसानलाई साढे ८ लाख बिउ वितरण 

kharibot

काठमाडौँ । एनएमबी बैंकले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको छ । 

बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई सो विउ प्रदान गरेको जनाएको छ ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको छ । 

कार्यक्रमहरु मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘कृषिमा गरिने लगानीले देशको दिगो बिकाशमा टेवा पुग्ने र बास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र क्ष्ऋक्ष्ःइम् र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायीक तरकारी खेतीका लागि यो पहल गरेको हो । बैंकले आगामी दिनहरुमा साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा गर्न यस्ता सहज लगानी गर्नेछ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै