• २०८१ बैशाख १३ बिहीबार

यो साता सेयरबजारमा तीन अर्ब ३१ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४० हजार एक सय ८३ कारोबारबाट तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा आठ दशमलव ४५ प्रतिशत बढी हो ।

गत साता एक सय ७८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार चार सय ६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव १६ अंकले घटेर अन्तिम दिन १६ सय १७ दशमलव ८१ अंकमा पुगेको छ ।

साताका प्रमुुख सेयर सूचकांकहरु

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव शून्य चार अंकले घटेर तीन सय ३९ दशमलव ९४ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम १९ करोड ७५ लाख ८० हजार रुपैयाँको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ३६ लाख २३ हजार इकाइको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ११ हजार आठ सय ८९ वटाको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनीहरु
क्र.सं. कम्पनीको नाम कारोबार रकम (१० लाखमा)
१. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १९७.५८
२. नेपाल बैंक लिमिटेड  १४५.८२
३. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १०५.५३
४. सिटिजन्स बैंक इन्टरनेशनल लि १०४.९३
५. सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ९८

यस साता सेयर सूचीकृत भएका कम्पनीहरु
क्र.सं.  कम्पनीको नाम  सूचीकृत धितोपत्रको किसिम   सूचीकृत धितोपत्र संख्या
 नेपाल एसबीआई बैंक    हकप्रद १९९१९४२३.६० कित्ता
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक बोनस १०७९४९ कित्ता
ज्योति विकास बैंक हकप्रद  ७७२०४७.६० कित्ता
विकास ऋणपत्र २०८६ ख साधारण  ५००००००० कित्ता
सिद्धार्थ इन्स्योरेन्स लि  हकप्रद  ८६२१२५ कित्ता

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै