• २०८१ बैशाख ७ शुक्रबार

जेठमा नेपाल आउने भए सलमान खान 

kharibot

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खान जेलबाट रिहा भए लगत्तै उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको छ । 

जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ । 

पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ । 

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पलको प्रस्तुति रहने छ ।

अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि सलमानको बैशाख पहिलो साता हुने भनिएको नेपाल टुर अन्योलमा परेको थियो । अब नेपालको आयोजक संस्थाले ‘दबंग द टूर नेपाल’ का लागि टिकट विक्रि फेरि सुरु गरेको छ । 

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको 'द दबंग टुर' कार्यक्रम तत्काललाई स्थगित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै