• २०८१ बैशाख १४ शुक्रबार

कर्णाली प्रदेश सरकारद्वारा नयाँ मर्यादाक्रम तोक्न माग

kharibot

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यले केन्द्रीय सरकारसँग नयाँ मर्यादाक्रम तोक्न माग गरेका छन् । 

प्रदेशसभाको आजको बैठकमा सदस्यले हालै सार्वजनिक गरिएको मर्यादाक्रम वैज्ञानिक नभएको जनाई तत्काल सच्याउन माग गरेका हुन् ।

बैठकको विशेष समयमा सदस्य गुलाबजंग शाहले हालै सार्वजनिक भएको मर्यादाक्रमले प्रदेश सांसदलाई कर्मचारीभन्दा तल राखेको छ भन्दै तत्काल सच्याएर नयाँ मर्यादाक्रम सार्वजनिक गर्न प्रदेश सरकारमार्फत संघीय सरकारलाई आग्रह गरे । 

सदस्य कृष्णा शाहले सरकारले ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरे पनि जाजरकोटेले सिटामोलसमेत पाउन नसकेकाले चिकित्सक र औषधिको तत्काल व्यवस्था गर्न माग गरे । 

‘मप विद्यालय प्रदेश मातहतमा ल्याइनुपर्ने’ 

सदस्य बिन्दमान विष्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई अब प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गरे । 

उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री भएकाले तत्काल विश्वविद्यालयको विशेष सिनेट राख्नुपर्नेमा संसद्मार्फत प्रदेश सरकारको ध्यान केन्द्रित गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै