• २०८१ बैशाख ७ शुक्रबार

पुर्पक्षका लागि गणेश लामा जेल चलान

kharibot

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि आज जेल चलान गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको हो । 

परिसरका प्रवक्ता मोहन थापाले गत फागुन ३० गते हातहतियारसहित पक्राउ परेका लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेअनुसार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए । 

लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत ६ महिनादेखि एक वर्षसम्म कैद तथा रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनीलाई गत माघमा अदालतले सफाइ दिएको थियो । 

लामा नेपाली काँग्रेस काभ्रे क्षेत्र नं १ प्रदेश ख बाट प्रदेशसभाका उम्मेदवारसमेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै